औषधि व्यवस्था विभागमा बेथिति

विदेशी औषधि कम्पनीको अनुगमनमा जान कार्यालयमा ताला ! प्रशासनका एकजना पनि राखिएन


कामाण्डौं । ५ करोड भन्दा बढी लिनेगरी ५८ वटा विदेशी औषधि कम्पनीहरुका नयाँ उत्पादन नेपाल भित्राउन औषधि ब्यवस्था विभाग कार्यालयमा ताला नै लगाएर विदेश जाने भएका छन् । २५ जनाको दरबन्दी रहेको विभागमा १४ जना भन्दा बढी विदेशी कम्पनीका औषधि नेपाल ल्याउन भारत र बंगलादेश जाने भएका छन् ।

विभनगले १५ जना कर्मचारी विदेशी कम्पनीको अडिट गर्न भारत र बंगलादेश जाँदा एक जना पनि प्रशासनतर्फका कर्मचारी नलाने भएको छ । बिभाग उच्च स्रोतका अनुसार नेपालमा अडिट गर्न जाने भनेर भ्रमण स्वीकृत गराइएको छ । तर, ५८ वटा कम्पनीसँग पैसा उठाउँन टोली जान लागेको हो ।

प्रति कम्पनी १० देखि १५ लाख रुपैयाँका दरले रकम दिने सहमति भएको बुझिएको छ । फरक विधाका कर्मचारी लैजादाँ गोप्य कुराहरुबाहिरने डरले विभागले एउटै कर्मचारीलाई बंगलादेश र भारतको अडिट गर्न दिएको छ । दुईजनाको एउटा टिम तयार पारिएको छ । उनीहरुको भागमा ६ वटासम्म कम्पनी परेको छ ।

६ असारमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले ठूलो रकमको लेनदेनमा ५८ वटा नयाँ विदेशी औषधि कम्पनीलाई नेपालमा आउने वातावरण कानुनी रुपमा बनाई दिएका थिए । यसलाई वैधानिकता दिन अडिटका लागि टोली जान लागेको हो ।

निरीक्षणका लागि ३६१ विदेशी कम्पनीले आवेदन दिएकोमा कुनै मापदण्ड नबनाई आर्थिक लेनदेनका आधारमा ५८ वटा कम्पनी छानिएको थियो । स्वास्थ्य लाइभले फेला पारेको टिप्पणी डकुमेन्टमा ०७८, ०७९ को वार्षिक कार्यक्रम अनुसार अडिटका लागि टोली जाने भएको हो । विदेशी उद्योगको जिएमपी अडिटका लागि ४४ लाख २८ हजार विनियोजन भएको थियो । तर, २०७८ पुस ९ मा स्वीकृत वैदेशिक भ्रमणमा मोटामोटी २ लाख ७८ हजार ७४२ रुपैयाँ खर्च भएको देखिएको छ । त्यस्तै ४१ लाख ४९ हजार २५८ रुपैयाँ बाँकी रहेको छ ।

महानिर्देशक भट्टराईले विदेशी कम्पनीको अडिटका लागि काठमाडौं देखि पुरै लाहा छाप लगाएर कर्मचारी पठाउने निर्णय गरेका हुन् । प्राथमिकताका आधारमा छनोट गरिएका विदेशी उद्योगको निरीक्षण अडिट कार्यका लागि औषधि ऐन २०३५ को दफा २३ बमोजिम योग्यता पुगेका नेपाल स्वास्थ्य सेवा फार्मेसी समूहका विश्व स्वास्थ्य संगठन जिएमपी अडिट सम्बन्धी तालिमम लिएका उपलब्ध अडिटर्सहरुमध्ये १ जना संयोजक, १ जना अडिटर गरी दुई जनाको प्राविधिक टोली खडा गरिएको छ ।

समूह क र समूह ख गरी ७ र ६ वटाको दुई टोलि तयार पारिएको छ । यो टोलिले देश र दुरीका आधारमा ४ देखि ६ वटा उद्योगको अडिट गर्ने टिप्पणीमा उल्लेख गरिएको छ । उक्त टोलीले ४५ दिनमा अडिट रिपोर्ट विभागमा पेश गर्नेगरी ९ दिनको विदेश भ्रमण स्वीकृत गरेको छ ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com