आईओएमले मनायो स्वर्ण जयन्ती (फोटोफिचर)


काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्था(आईओएम)ले ५० औं वार्षिकोत्सव अर्थात् स्वर्ण जयन्ती (गोल्डेन जुब्ली) मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आईओएमको स्वर्ण जयन्ती मनाइएको हो । डा. भोला रिजाल, जेपी अग्रवाल, डा. अरुण सायमीमलगायतका विशिष्ट चिकित्सकहरू आईओएमको गोल्डेन जुब्लीमा सहभागी भएका छन् ।

राष्ट्रपति स्वर्ण जयन्तीमा आउने भएपछि आईओएमकी डीन डा. दिव्या सिंह शाहले त्रि.वि. शिक्षण अस्पतालसहित मातहतका अस्पतालका इमर्जेन्सीबाहेक सबै सेवाहरू बन्द गरेर कापक्रममा सहभागी हुन् सबैलाई निर्देशन दिएकी थिइन् । व्यापक आलोचना भएपछि बिहानी सत्रमा नभई दिउँसोका लागि मात्र इमर्जेन्सीबाहेक सबै सेवाहरू बन्द गर्न अर्को पत्र पठाइएको थियो ।

विवादकैबीच चिकित्सा शास्त्र अध्ययन संस्थानले राष्ट्रपति भण्डारीको उपस्थितमा स्वर्ण जयन्ती मनाएको छ । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङको उपस्थिति रहेको भएतापनि फोटोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भने देखिएनन् ।

राष्ट्रपति भण्डारीलाई आईओएमकी डिन शाहले स्वागत गरेकी थिइन् ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com