वीरमा जागिर खाएर नर्भिकमा ‘सेवा गरेबापत’ डा. राजीव झा विभूषित 


काठमाडौं ।  वीर अस्पतालमा जागिर खाएर नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ‘सेवा गरेबापत’ डा. राजीव झालाई सरकारले विभूषित गरेको छ ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को प्राध्यापकको रुपमा उनलाई सुप्रवल जनसेवा श्री पदमबाट विभूषित गरेको हो । तर, उनको जागिर वीर अस्पतालमा र काम नर्भिक अस्पतालमा हुने गरेको छ ।

नर्भिक अस्पतालले गर्वका साथ आफ्नो ब्राण्ड प्रचार गर्न प्रयोग गर्दै आएका डा. राजीव झालाई सरकारले पदक दिएर आलोचित हुने काम गरेको देखिन्छ । उनलाई पदक दिएर वीरमा पूरा समय काम गरेका चिकित्सकलाई निरुत्साहित गरेको पाइन्छ । वीर अस्पतालका इमानदार र लगनशील चिकित्सकलाई पदक नदिएर सरकारले जागिर विरमा काम नर्भिकमा गर्ने डा. राजीव झालाई पदक दिएको हो ।

 

क्याटेगोरी : सुशासन
ट्याग : ## वीर अस्पताल, #डा. राजीव झा, #नर्भिक अस्पताल, #पदक अपमान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com