पदकको मजाक !

संगीतादेखि मनिषासम्मले पदक पाउँदा यी अनमी हेरेको हेरै


काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले वर्षैपच्छे वितरण गर्दै आएको मानपदवी र विभूषण मजाक बन्दै गएको छ । सरकारले पहुँच र प्रभाववालालाई मनपरी ढंगले पदक बाँड्दा उक्त पदकको गरिमा घट्दै गएको हो ।

सरकारबाट मानपदवी र विभूषणको सम्मान प्राप्त गर्दा पदक पाउनेहरूले अपमानको महसुश गर्नु पर्ने अवस्था आएको छ ।यसको कारण भनेको पदकमा हुने राजनीति र योगदानको उचित कदर नहुनु हो । पहुँच र प्रभाव भएका विवादितलाई मकै/भटमास वितरण गरेजस्तो पदक बाँड्न थालेपछि उक्त पदकको मान, सम्मान स्वात्तै घटेको छ ।

हुन पनि सधै विवादमा आउने संगीत भण्डारी र बिरामी नहेर्ने मनिषा रावलले राष्ट्रपतिबाट पदम पाउँदा उक्त पदकको मान पनि कसरी रहोस् ।

यिनीहरूले पदक हात पार्दा आफ्नो ज्यान दिएर जनताको स्वास्थ्य सेवामा खटएकी बाग्लुङको बडिगाड गाउँपालिकास्थित रणसिंह किटेनी स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकुमारी केसीको हात रित्तै रह्यो । माघको जाडोमा हिउँले पुरिएको बाटोमा हात खुट्टा टेकेर घिस्रिदैं आफ्नो काममा इमानदारितापूर्वक लाग्ने केसीले नपाउने त्यो पदक संगीत, मनिषाहरुले पाउँदा गरिमा नै खस्किएको टिप्पणी सुरू भएको छ ।

संगीता भण्डारी जुन स्वास्थ्य संस्थाको नेतृत्वमा बसेर काम गरेपनि सधैं विवादमा आउँने गरेकी छिन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालकी निर्देशक मनिषाले त अहिलेसम्म एउटा बिरामी पनि नहेरेको टेकुका स्वास्थ्यकर्मीहरु सुनाउँछन् । यिनीहरूले पाएको पदकले प्रेमकुमारीहरूको काम र सेवालाई गिज्याइरहेको छ । पदक पाउने गरी कर्तव्यनिष्ठ भएर काम गरेका प्रेमकुमारीहरू हेरेको हेरै भएका छन् ।

क्याटेगोरी : सुशासन
ट्याग : ## डा.मनिषा रावल, #डा. संगीता भण्डारी, #पदक अपमान, #प्रेमकुमारी केसी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com