सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार भएन


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा कुनै सुधार हुन सकेको छैन । ३ हप्ता बढीदेखि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ ।

किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यका अनुसार जोशीको स्वास्थ्य अवस्था हिजोदेखि आजसम्म कुनै खासै सुधार हुन सकेको छैन । उनको छातीमा निमोनियाको संक्रमण र पिसाबमा भएको संक्रमण नियन्त्रणका लागि दिईएको एन्टिबायोटिक्सको कोर्स जारी छ ।  जोशीको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com