कोरोनाकालमा नदेखिएका रवीन्द्र मिश्र रमेश खरेलको नारामा देखिए


काठमाडौं । कोरोनाकालमा नदेखिएका रवीन्द्र मिश्र रमेश खरेलको नारामा देखिएका छन् । गत २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग साढे ८ सय मतले पराजित मिश्र कोरोना महामारीको समयमा एकपटक पनि देखा परेनन् ।

कोरोनाकालमा लकडाउनमा तड्पिएका जनतालाई बेवास्ता गरेका मिश्र भ्रष्ट नहुने बरु नष्ट हुने नारा दिएर फेरि उक्त क्षेत्रमा चुनाव लड्न आएका छन् ।

स्वतन्त्र राजनीतिक शक्ति, नेपाल तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश प्रसाद खरेलले बरु नष्ट हुन सक्छु तर नष्ट हुन सक्दिन भनेर घर-घरमा पुगेर चुनावी प्रचार गरिरहेका छन् ।  रवीन्द्र मिश्र चुनाव उनकै प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ बाट उठेका खरेल ‘बरु नष्ट हुन सक्छु तर नष्ट हुन सक्दिन’ भनेर घरदैलोमा पुगिरहँदा मिश्र पनि उस्तै नारा लिएर आउने तयारीमा देखिन्छन् ।

रवीन्द्र मिश्रले आज सामाजिक सञ्जालमा  राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेङसँगको पोष्ट सेयर गर्दै ‘हामी भ्रष्ट हुँदैनौँ-बरू नष्ट हुन्छौँ !’ भनेका छन् । यो नारा रमेश खरेलको ‘बरु नष्ट हुन सक्छु तर नष्ट हुन सक्दिन’ भन्नेसँग ठ्याकै मिल्छ ।

एउटै नारा लिएर मिश्र र खरेल चुनावी मैदानमा होमिएपछि मतदातालाई असली व्यक्ति छुट्याउन मुस्किल पर्ने देखिन्छ । कसले कसको नारा लिएको हो भनेर स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । कोरोनामा नभेटिएका रवीन्द्र मिश्र रमेश खरेलको नारामा देखिएपछि मतदाता अल्मलिएको चर्चा छ ।

 

 

क्याटेगोरी : सुशासन
ट्याग : #काठमाडौं १, #नेपाल सुशासन पार्टी, #रमेश खरेल, #रवीन्द्र मिश्र, #राजेन्द्र लिङ्देन, #राप्रपा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com