यसरी पुष्टि हुन्छ डाटा ‘चोरी’

काउन्सिलका पदाधिकारी नै संलग्न भएको आरोप लागेपछि आकस्मिक बैठकबाट जोगाउने तयारी


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन सुरु भएको छ । उपत्यकाबाहिर मंसिर ३ र ४ गते र उपत्यकामा १० र ११ गते निर्वाचन हुँदैछ । तर, काउन्सिलको यसपटकको निर्वाचन विवादित बनेको छ ।

३२ जना चुनाबी मैदानमा जुटेका छन् । चुनाबी मैदानमा जुटेका काउन्सिलका निवर्तमान सदस्य डा. कालुसिंह खत्री, डा. तोशिमा कार्की र डा. लवकुमार शाहले नेपाल मेडिकल काउन्सिलबाट डाटा ’चोरी’ गरेर सदस्यहरुलाई म्यासेज गरेको आरोप लागेको छ ।

उनीहरुलाई संरक्षण गर्न काउन्सिलका पदाधिकारी अग्रसर देखिएको चर्चा चलेको छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा डा.खत्री र डा. कार्कीलाई जिताउन अदृश्य रुपमा लागेको आरोप लागेको छ । डा. दिलीप योजना बनाउने र डा. अधिकारी डाटा उपलब्ध गराउने व्यक्ति भएको एक चिकित्सकले बताए । तर, यस बिषयमा निष्पक्ष छानबिन नहुँदासम्म पुष्टि गर्ने कुनै आधार छैन ।

तर, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्माले आफू यस विषयमा संलग्न नभएको बताएका छन् । ‘म काउन्सिलको र त्यहाका पदाधिकारीको विषयमा अहिले बोल्दिन तर, मेरो कुनै संलग्नता छैन । अनुसन्धानका क्रममा मेरो संलग्नता देखिए कारबाही भोग्न तयार छु’, उनले स्वास्थ्य भने । डा. शर्माले आफ्नो नाम जोडेर भएको प्रचारका बारेमा गम्भीरर ध्यानाकर्षण भएको बताएका छन् ।

स्वास्थ्य लाइभले रजिस्ट्रार डा. कृष्ण अधिकारी, हालका उमेदवार डा. कालुसिंह खत्री र डा. तोशिमा कार्की बीच एक भेटको तस्विर फेला पारेको छ ।

यता काउन्सिलबाट डाटा चोरी गरेको पुष्टि हुने बलियो आधार स्वास्थ्य लाइभले फेला पारेको छ । चिकित्सकहरुलाई काउन्सिलले विगतमा प्रयोग गर्दै आएको नम्बर ३७८८८ (हाल परिवर्तन)बाट भोट मागिएको छ । काउन्सिलको एसएमएस एजेन्ट ई–सेवा अन्तर्गतको सिरान टेक्नोलोजिज कम्पनी हो ।

चोरीको आरोप लागेका डा. खत्रीले मात्रै हैन, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले समेत ३७८८८ नम्बर विगतमा भएको हाल परिवर्तन भएको बताएका छन् । यो उनीहरुको आरोपित जोगाउने र जोगिने बाहना मात्रै देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलमा मात्रै दर्ता गरिएको नम्बरमा डा. कालुसिंह खत्री, डा. तोशिमा कार्की र डा. लव कुमार यादव भोट मागेको म्यासेज गएपछि उनीहरुले डाटाको दुरुपयोग गरेको पुष्टि गर्न थप बल पुगेको छ ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्यको रुपमा उठेका डा रुपक घिमिरेलाई १५ वर्ष अगाडिको नम्बरमा मात्रै म्यासेज गएको छ । डा. कालुले आफूसँग सेभ भएको नम्बरमा मात्रै पठाएको दाबी गरेका थिए । तर, स्वास्थ्य लाइभ उनलाई सोध्न चाहन्छ, १५ वर्ष अगाडि दर्ता भएको नम्बरमा म्यासेज जादाँ एक हप्ता अगाडि कुरा गरेको उनको सार्वजनिक नम्बरमा किन गएन ?

डा. घिमिरेसहित धेरै चिकित्सकलाई एसएमएस पठाउँदा यस्तै भएको छ । दिनहुँ सम्पर्क गर्ने नम्बरमा म्यासेज नगएर पुरानो नम्बरमा म्यासेज गएपछि काउन्सिलसँगको मिलेमतोमो केही सीमित चिकित्सक जिताउने रणनीतिअनुसार यस्तो डाटा चोरी भएको अधिकारीहरु बताउँछन् ।

नेपाल मेडिकल काउन्सिलले आइतबार साढे दुई वर्षपछि पहिलोपटक आकस्मिक बैठक बोलाएको छ । तर, अहिलेसम्म पनि आरोपितको नाम उमेदवारको सूचीबाट हटाएको छैन । यस्तो गम्भीर विषयमा चुनाव स्थगित गरेर वा आरोपितको नाम हटाएर छानबिन गर्नुपर्नेमा आरोपित जोगाउँने खेल सुरु भएको काउन्सिल स्रोत बताउँछ ।

हामीले डाटा चोरी भएको पुष्टि गर्न एक जना चिकित्सक डा. रुपक घिमिरेलाई प्रतिनिधिका रुपमा अगाडी ल्याएका छौं । उनको कुरा उनकै भनाइमा 

डा. रुपक बिके घिमिरे

नेपाल मेडिकल काउन्सिलको चुनावमा हामी लडिरहेका छौं । त्यही संस्थाबाट हामीले डाटा माग्यौं । काउन्सिलले २९ हजार ५ सय चिकित्सकको नाम र एनएमसी नम्बर उपलब्ध गराएको थियो । त्यती पाउँन पनि मैले कानुनी रुपमा लाग्ने २ हजार रुपैयाँ तिरेको छु । दुई हजार रुपैयाँ तिरे पछि चिकित्सकको नाम र एनएमसी नम्बर लिन पाइन्छ ।

चुनावको बेला भएकाले सबै चिकित्सकहरुलाई एकपटक फोन गरौं भन्ने चाहना जो कसैको हुनु नौलो कुरा हैन । हामीले पनि नम्बरहरु खोज्यौं तर, आफ्नो नजिकका साथीहरुबाहेक अन्तबाट उपलब्ध भएन ।

अच्चम के भयो भने, केही साथीहरु डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले मागेको भोटको म्यासेज मैंले हाल प्रायोग गरेको नम्बरमा आएन । मैले सार्वजनिक नम्बरमा उनीहरूको म्यासेज पाइन तर, १५ वर्ष अगाडि नेपाल मेडिकल काउन्सिलमा दर्ता गरेको नम्बरमा उक्त म्यासेज आयो ।

विगत ५–६ वर्षदेखि म एनसेल नम्बर चलाउँछु । तर, मलाई म्यासेज आयो वर्षौ अगाडि चलाएको प्रिपेड एनटिसीको नम्बरमा । हेरक दिन सबैसँग कुरा हुने नम्बरमा म्यासेज नआउने तर, काउन्सिलमा मात्रै दर्ता भएको नम्बरमा भोट मागेको म्यासेज आउनुले के बुझिन्छ ?

उमेदवारले निजी प्रयासमा फोन नम्बर खोजेको भए हाल चलाएको तर, म्यासेज नआएको नम्बर नै पाउनु हुन्थ्यो । दशै अगाडि मैंले डा. कालुसिंह खत्रीलाई एनसेलको नम्बर बाटै कल गरेको थिए । मैले उनलाई यस पटक उमेदवारी दिँदैछु कहिले खुल्छ भन्दा उनले समय छ, दशै पछाडि खुल्छ भने ।

जुन नम्बरबाट मैले उनलाई फोन गरेको छु त्यसको पुष्टि गर्न नेपाल टेलिकमाबाट दशै अगाडिको कल गरेका नम्बर हेर्दा स्पष्ट हुन्छ ।

यो मेरो बिरोध हैन । म बिरोध गर्न पनि चाहन्न । तर, हामी बराबरी हैसियतमा निर्वाचनमा जुटेका छौं भने, पक्षपात हुनु हुँदैन । संस्थाले कि सबैलाई नम्बर उपलब्ध गराउँनु पर्छ हैन भने मन परेको व्यक्तिलाई मात्रै लिन मिल्दैन । एउटा खेलाडी शून्यबाट अर्को दश मिटरबाट सुरु गर्न पाउँदैन ।

डाक्टर कालुसिंह खत्री र डाक्टर तोशिमा कार्कीको ३० मिनेटको फरकमा म्यासेज आएको छ । यसले उनीहरु संगठित रुपमा लागेको पुष्टि हुन्छ । हामीलाई ३७८८८ सँग खासै चासो छैन । यो काउन्सिलको आधिकारिक नम्बर हो होइन भन्ने कुरामा पनि खासै मतलब भएन । आज डा. रुपकको नम्बर कसैले पत्ता लगाउँदा एनसेलको लगाउँछ । विश्वभरका मेरा बिरामीलाई मलाई एनसेलको नम्बरमा सम्पर्क गर्छन् ।

मैले सामाजिक सञ्जालमा स्टाटस लेख्नासाथ डा. कालुले फोन गरेका थिए । अचम्म के छ भने, भोट १५ वर्ष अगाडिको नम्बरमा मागे तर, सम्पर्क एनसेलको नम्बरमा गरे । उनको पर्सनल नम्बर भए मलाई एसएमएस गरेको नम्बरमा गर्नुपर्छ हैनर ? मैले उनलाई तिमीले कुन नम्बरमा फोन ग¥यौ हेर त यसमा त म्यासेज गरेको छैन त भनेपछि उनी हच्किए ।

क्याटेगोरी : प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com