लुम्बिनीमा बुद्धिष्ट हस्पिटलको प्रारूप तयार, गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई सेवा दिने


काठमाडौं ।  भगवान गौतम बुद्धले भनेका छन् “जसले बिरामी को सेवा गर्छ त्यसले मेरो सेवा गरेको हुन्छ ।” जसरी एउटा आमाले आफ्नो ज्यानको पनि परवाह नगरी आफ्नो एक मात्र सन्तानको रक्षा गर्छिन् त्यसरी नै हामीले पनि सबै जीवित प्राणीहरुप्रति असीम मैत्री चित्त राख्नु पर्दछ ।

गौतम बुद्धको यो भनाइलाई सार्थक बनाउन लुम्बिनीमा एक अत्याधुनिक अस्पताल बन्ने भएको छ । गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विश्वभरीबाट तिर्थयात्री आउँने तर आवश्यक पर्दा उपचार गराउने अस्पताल नहुँदा समस्या भएको थियो ।
स्वास्थ्य लाइभले केही समय अगाडिदेखि नियमित रुपमा लुम्बिनीमा एक अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाई मेडिकल टुरिजममा परिणत गराउनु पर्ने बहस गर्दै आएको थियो ।
त्यति मात्रै हैन, गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विश्वभरीबाट बच्चा जन्माउन चाहनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । यसलाई ध्यानमा राखेर प्रसूति गृह अस्पतालको निमार्ण भएको खण्डमा मेडिकल टुरिजममा लुम्बिनी अब्बल साबित हुने स्वास्थ्य लाइभले चलाएको बहसको निचोड थियो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु) ले विभिन्न क्षेत्रबाट अस्पतालको अवधारणा आएपछि निमार्ण गर्न लागेको बताए । लुम्बिनीमा बन्न लागेको अस्पतालले पहिलो चरणमा विशेष प्राथमिकताकासाथ ‘गर्भवती, सुत्केरी महिला तथा बालबालिकाहरु”सँग सम्बन्धी सेवा मात्रै प्रदान गर्ने छ । तर, क्रमशः सेवा विस्तार गर्दै विशेष सेवाहरु दिने छ।’, भिक्षुले भने ।
लुम्बिनीमा बच्चा जन्माउन चाहने विदेशीहरु धेरै छन् उनिहरुलाई लक्षित गरेर पहिलो चरणमा प्रसूति सेवा दिन लागेको भिक्षुको भनाई छ  ।

नेपाललाई विश्वमा शान्तिको देश भनी चिनाउने गौतमबुद्धमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय बौद्धविहार तथा ध्यान केन्द्र छन् । लुम्बिनी वरिपरि बसोबास गर्ने १६ लाख भन्दा बढि जनसंख्यालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि यस क्षेत्रमा आधुनिक सुविधा सम्पन्न अस्पतालको अति नै ठूलो आवश्यकता रहेकोले सेवामुखी अस्पताल निर्माणका लागि प्रस्तावना तयार भएको हो ।

संयुक्त अधिराज्य संघको विशेष सहयोग तथा नेपाल सरकारको अथक प्रयास र पहलमा सन १९७८ देखि नैं लुम्बिनी विकास गुरुयोजना निर्माण गरि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्धविहार तथा ध्यानकेन्द्रहरुको स्थापना गरिएको थियो । यसको प्रयास स्वरुप अहिलेसम्म लुम्बिनीमा विश्वभरीबाट ३५ वटा भन्दा बढि अन्तर्राष्ट्रिय बौद्ध विहार र ध्यान केन्द्रहरु स्थापना भइरहेका छन ।

लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०१५ मा राजनैतिक संक्रमण तथा महाभुकम्प जस्तो राष्ट्रिय विपत्तिको समयमा पनि १ लाख १९ हजार ८२८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तिर्थयात्रीहरु लुम्बिनीमा पुगेका थिए । लुम्बिनीमा प्रसुती अस्पताल बन्दै गर्दा तिर्थयात्रीहरुको संख्या दिनानुदिन बढ्दै जाने निश्चित देखिन्छ ।
लुम्बिनीमा श्रीलंका, थाईल्याण्ड, वर्मा, कम्बोडिया, दक्षिण कोरिया, जापानलगायत पश्चिमी राज्यहरु अमेरिका, क्यानाडा तथा बेलायतकासमेत यात्रुहरु आउने गरेका छन् । यसरी लुम्बिनीमा आउने शान्ती प्रेमी तिर्थयात्रीहरुले गर्दा नेपालको अर्थतन्त्रमा टेवा पुग्नुका साथै नेपालको सांस्कृतिक महत्वलाई विश्वमाझ प्रचार-प्रसार गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ ।
लुम्बिनीमा बौद्ध केन्द्रहरुमा बस्ने बौद्ध गुरु, गुरुमा तथा उपासक उपासिकाहरु पनि स्वास्थ्य सेवा नपाएर दुःख पाएका धेरै घटनाहरु छन । यसरी भगवान बुद्धको पवित्र जन्मस्थलमा एउटा गतिलो अस्पतालसमेत नहुँदा विश्वभरी नै नेपालको नराम्रो छवि विस्तार हुन सक्ने देखिन्छ ।

केन्जो ताङ्गेद्घारा डिजाईन गरिएको लुम्बिनी विकास कोषको गुरुयोजनाभित्र पनि एउटा स्वास्थ्य केन्द्रको योजना गरिएको र सोही अनुरुप आवश्यकता पहिचान गरी विगत १२ वर्षदेखी थाई राजदुताबासद्घारा पटक–पटक पहल हुँदै आएको थियो । तर पनि यसले मुर्तरुप लिनसकेको छैन । लुम्बिनी विकास कोषभित्र कल्पना गरिएको सानोस्तरको स्वास्थ्य सेवा केन्द्रले मात्र आजको नेपालको जनसंख्या बृद्धि तथा आजको परिवेशमा लुम्बिनीमा आउने सबै प्रकारका पर्यटकहरुको चापलाई हेर्दा धान्न सक्ने सम्भावना निकै न्यून देखिन्छ । त्यसैले यसभित्रको आवश्यकता तथा वरिपरिका सम्पूर्ण जनसमुदायको आवश्यकता पूरा हुने गरी अस्पतालको निर्माण हुनुपर्छ ।

कतिपय राष्ट्रका भक्तहरुको सपना यस पवित्र स्थलमा आइ आफ्नो सन्तानलाई जन्म दिई बुद्धका ज्ञानहरुबाट सिंचित गर्ने प्रबल चाहना रहेको पनि पाईन्छ । यी र यस्ता क्रियाकलापहरुबाट देशलाई आर्थिक लाभ तथा जनतालाई सेवा पुग्ने निश्चित छ । त्यसैले यस तर्फ प्राथमिकताका साथ ध्यान दिई अस्पताल निर्माणमा हुने कुनै पनि प्रकारको अनावश्यक बाधा व्यवधान हटाई निर्माण कार्य प्रारम्भ हुनु आवश्यक रहेको उपाध्यक्ष भिक्षुले बताए ।

लक्षित बर्ग तथा सेवा क्षेत्र

लुम्बिनीमा निर्माण हुने अस्पतालले भगवान बुद्धको पबित्र जन्मस्थल लुम्बिनीमा विश्वभरीबाट आउने तिर्थयात्रीहरु, लुम्बिनी गुरुयोजनाभित्र स्थित विभिन्न बौद्ध केन्द्रहरुमा बस्ने भिक्षु तथा गुरुमाहरुलगायत रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका जनसमुदायका साथै अन्य स्थानबाट आई सेवा लिन इच्छुकलाई सेवा गर्ने लक्ष्य लिएको छ ।
अस्पताल निर्माण गर्नका लागि लुम्बिनीस्थित विभिन्न बौद्ध केन्द्रहरुको समन्वय र सहयोगबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुको सहयोगबाट साथै संस्थाको आफ्नो आन्तरिक सहयोगबाट बजेट जुटाइने छ ।

अस्पतालको व्यवस्थापन एवं संचालन प्रक्रिया

लुम्बिनीको बौद्घ अस्पताललाई प्रभावकारी व्यवस्थापन गर्न र दिगो रुपले संचालन गर्नका लागि लुम्बिनी विकास कोष, स्थानीय निकाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, स्थानीय समाजसेवी, बौद्ध भिक्षु विद्वानहरु तथा परोपकारी संघसंस्थाहरुको प्रमुख भूमिका रहने उपाध्यक्ष भिक्षुले जनाए ।

लुम्बिनीमा महाकरुण बुद्धिष्ट हस्पिटल बन्ने अवधारणा तयार भएसँगै लुम्बिनीलाई मेडिकल टुरिजम हब किन नबनाउने भन्ने स्वास्थ्य लाइभले बहसलेसमेत सार्थकता पाएको छ । बुद्धिष्ट हस्पिटलले गर्भवती सुत्केरी महिला तथा बालबालिकाकासाथै  लुम्बिनीमा आउने विदेशी पर्यटक र स्थानीयवासीलाईसमेत सेवा दिएर लुम्बिनीले मेडिकल टुरिजममा नयाँ फड्को मार्ने विश्वास छ ।

सम्बन्धित बहस :

लुम्बिनीलाई मेडिकल टुरिजम हब किन नबनाउने ?

अन्तर्राष्ट्रिय जगतमा रहेको बुद्धको क्रेजलाई बल पुर्‍याउन पनि लुम्बिनीमा प्रसूति सेवा चलाउनु पर्छ

लुम्बिनीमा २० लाख पर्यटक आउँछन् तर, स्वास्थ्य समस्या पर्दा उपचार गर्ने अस्पताल छैन

लुम्बिनीमा बच्चा जन्माए बुद्धत्व प्राप्त हुन्छ भन्ने सन्देश दिऔं

लुम्बिनीमा भवनसँगै अन्तर्राष्ट्रियस्तरका दक्ष स्वास्थ्यकर्मी तयार पारौं

लुम्बिनीमा मायादेवी मातृत्व अस्पताल उपयुक्त हुन्छ

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com