संक्रमित भएर भीडमा जाने ओलीलाई १ महिना जेल हाल्न माग


काठमाडौं । (कोभिड-१९) संक्रमित भएर भीडमा जाने पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १ महिना कैद गर्न माग गर्दै निवेदन परेको छ ।

कोरोना संक्रमित भएर पनि युवा संघले भक्तपुरको बालकोटमा गरेको रक्तदान कार्यक्रममा सहभागी भएको आरोपमा ओलीमाथि अभिजित अधिकारी समेतले संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशीघ्र कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरेको उजुरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जानी-जानी कोभिड-१९ संक्रमण फैलाएको आरोप लगाइएको छ । प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको उजुरीमा विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशीघ्र कारबाही गर्न माग गरिएको छ।

संक्रामक रोग, २०२० दफा ३ मा यो ऐन अन्तर्गत दिइएको देशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रू १ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । पूर्व प्रधानमन्त्री ओलीले संक्रामक रोग ऐन अन्तर्गत दिइएको आदेश उल्लंघन वा अपहेलना गरेकाले उनीमाथि कैद सजाय हुने देखिन्छ ।

आफू कोरोना संक्रमित भइ जानीजानी सार्वजनिक स्थलमा गइ अन्य व्यक्तिहरुसँग सम्पर्कमा आइ कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरीपाऊँ भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी पेश गरेका हुन् ।

क्याटेगोरी : सुशासन
ट्याग : #२०२०, #उजुरी, #केपी ओली, #संक्रामक रोग ऐन, #सिडिओ भक्तपुर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com