स्वास्थ्य लाइभले खुलासा गरेको एकहप्तापछि वीरेन्द्र सैनिक अस्पतालका मृतक समेटिए


काठमाडौं । स्वास्थ्य लाइभले वीरेन्द्र सैनिक अस्पतालमा ९ कोभिड संक्रमितको मृत्यु भएको खुलास गरेको एकहप्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त मृतकको संख्या बाहिर ल्याएको छ ।

स्वास्थ्य लाइभले माघ ८ गते वीरेन्द्र सैनिक अस्पतालमा एकैदिन ९ जना काेराेना संक्रमितकाे मृत्यु भएको तथ्य सार्वजनिक गरेको थियो । त्यसको एक हप्तापछि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरेन्द्र सैनिक अस्पतालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।

आइतबारको कोभिड-१९ प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता  कौशर मिश्राले माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेकी हुन् ।

वीरेन्द्र सैनिक अस्पतालमा १२ जना र २० जनाको अन्य विभिन्न अस्पतालमा मृत्यु भएको प्रवक्ता मिश्राले प्रेस ब्रिफिङमा जानकारी गराएकी छिन् । तर अघिल्लो शुक्रबार २४ घण्टाकाे अवधिमा वीरेन्द्र सैनिक अस्पतालमा ९ जना संक्रमितकाे मृत्यु भएकाे तथ्य स्वास्थ्य लाइभलेबाहिर ल्याइसकेको छ ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक चिकित्सकले ९ जनाकाे मृत्यु भएकाे जानकारी गराउँदै उनीहरु सबै बृद्धबृद्धा र दीर्घराेगी भएको बताएका थिए । मृत्युपछि परीक्षण गर्दा काेराेना पुष्टि भएकाे ति चिकित्सकको भनाइ थियो । सरकारले त्यो विवरण आज मात्र सार्वजनिक गरेको हो । स्वास्थ्य लाइभलेबाहिर ल्याएको तथ्यलाई एक हप्तापछि मात्र स्वास्थ्य मन्त्रालयले आधिकरिक रुपमा पुष्टि गरेको छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## कोभिड-१९ संक्रमित, #प्रवक्ता डा. संगिता कौशल मिश्रा, #वीरेन्द्र सैनिक अस्पताल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य लाइभ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com