लोहनी नेतृत्वको छानबिन समितिले खोज्न थाल्यो २४ लाख डोज खोप


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वको छानबिन समितिले हराएको भनिएको २४ लाख डोज खोप खोज्न सुरु गरेको छ ।

हिजो गठन भएको छानबिन समितिको आज पहिलो बैठक बसेर खोपको विवरण खोज्न सुरू गरेको हो ।

समितिले जारी गरेको सूचनामा कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन भन्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन सूचनामाफेत भनिएको छ ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com