ओम्नीका ‘खास मान्छे’ आईटी निर्देशक ढकाल सरुवा भएको एक वर्षपछि निस्किए


काठमाडौं । स्वास्थ्य सामग्री घोटालामा मुछिएका ओम्नी समूहका ‘खास मान्छे’ आईटी निर्देशक सुभाष ढकाल सरुवा भएको एक वर्षपछि पुरानो ठाउँबाट निस्किएका छन् ।

ओम्नी समूहका तुलहरिसँग विशेष सम्बन्ध बनाएका ई-सेवाका अस्गर अलीका ‘गुरू’ ढकाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएर गएका हुन् ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर निर्देशक रहेका ढकालको गत वर्ष माघ गते नै उक्त निकायबाट सरूवा भएकाे थियो । तर ओम्नी ग्रुपको चलखेलका कारण उनको सरुवा गायब पारिएको चर्चा चल्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ढकालको सरुवा शिक्षा मन्त्रालयमा भएको छ ।  यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरुवा भएको तथ्य स्वास्थ्य लाइभले सार्वजनक गरिसकेको छ ।

ओम्नी र अलीको आडमा राष्ट्रिय परिचयपत्रमा ब्रह्मलुट मच्चाएका ढकाल उक्त शक्तिमार्फत नै सरुवा थमौती गर्न सफल भएको गृह मन्त्रालयभित्र ‘ओपन सेक्रेट’ जस्तै छ ।

आईटी माफिया विकल पौडेल, सुनिल पौडेललगायतसँग साँठगाँठ गरेर राज गरिरहेका प्राविधिक उपसचिव ढकाल एकाएक सरुवा भएपछि अहिले गृह मन्त्रालयमा हल्लीखल्ली भएको छ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रमा गन्हाएको भनेर उनलाई हटाइएको चर्चा समेत चल्न थालेको छ । जे होस् आईटी निर्देशक ढकाल सरुवा भएको एक वर्षभन्दा बढी सरुवा पत्र गायब बनाएर राष्ट्रिय परिचयपत्रमा रजगज चलाइरहेको पाइन्छ ।

कोरोनाको बेला स्वास्थ्य मन्त्रालय घिरेर स्वास्थ्य सामग्रीमा घोटाला गर्ने ओम्नी समूहको आडमा राष्ट्रिय परिचयपत्रमा पनि त्यस्तै गतिविधि भएको आशंका छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : ## शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #आईटी निर्देशक सुभाष ढकाल, #उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, #ओम्नी, #गृह मन्त्रालय, #राष्ट्रिय परिचयपत्र

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com