एनजिओले कोरोनाकालमा त्रिभुवन पार्कको जग्गा भाडामा लगाएपछि पर्यटनमन्त्री श्रेष्ठ एक्सनमा


हेटौंडा ।  कोरोनाकालमा एनजिओले भाडामा लगाएकाे त्रिभुवन पार्कको जग्गामाथि छानबिन गर्न बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रस्ताव राखेका छन् ।

शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले २० रोपनी सरकारी जग्गा निजी कम्पनीलाई २० वर्षका लागि कौडीको भाउमा भाडामा लगाएको फेला परेपछि पर्यटनमन्त्री श्रेष्ठले एक्सन लिन खोजेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलेलाई भेटेर प्रदेश सरकार मातहतमा रहेको त्रिभुवन पार्क एनजिओले कौडीको भाउमा भाडामा लगाएको विषयमा छानबिन समिति बनाउन प्रस्ताव राखेका छन् ।

शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले अनधिकृत रुपमा निजी कम्पनी श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई कौडीको भाउमा भाडामा लगाएको हो । प्रति रोपनी मासिक ९ हजार १५० पाउने गरी उक्त एनजिओले त्रिभुवन पार्कको ५० रोपनी सरकारी जग्गा २० वर्ष उक्त निजी कम्पनीलाई भाडामा दिएको हो । कोरोनाकालका त्रिभुवन पार्कको जग्गा कौडीको भाउमा भाडामा लगाएको विषयमा स्वास्थ्य लाइभले खुलासा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ एक्सनमा उत्रिएका हुन् ।

त्रिभुवन पार्कलाई व्यवस्थित गर्न फिल्डमा पुगेका पर्यटनमन्त्री श्रेष्ठ महत्त्वपूर्ण जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा लगाएको खुलेपछि आश्चर्यचकित भएका थिए । त्यसलगत्तै उनले मन्त्रालयका सचिव मदन कोइराला र विष्णु भण्डारीसँग त्रिभुवन पार्कको जग्गा हिनामिना गरेको विषयमा छलफल गरेका थिए । आज पर्यटनमन्त्री श्रेष्ठले मुख्यमन्त्री पाण्डेसँग भेटेर त्रिभुवन पार्कको जग्गा एनजिओले निजी कम्पनीलाई भाडामा लगाएको विषयमा छानबिन गर्न प्रस्ताव राखेका छन् ।

पर्यटनमन्त्री श्रेष्ठले मुख्यमन्त्री पाण्डेबीच शहीद स्मारक प्रकृति प्रतिष्ठानले निजी कम्पनीलाई कौडीको भाउमा पार्कको जग्गा भाडामा लगाएको विषयमा एक्सन लिने सहमति भएको छ । यो विषयमा तत्काल एक्सन लिने सहमति भएको पर्यटनमन्त्री श्रेष्ठले स्वास्थ्य लाइभलाई जानकारी दिए । यो विषय उनले प्रमुख सचिव मुकुन्द निरौलालाई पनि जानकारी दिएका छन् ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #त्रिभुवन पार्क फन पार्कलाई भाडामा, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, #सचिव मदन कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com