मन्त्रालयको ढल व्यवस्थापन गर्न छाडेर डब्ल्यूएचओको ‘भतेर’ खान स्वास्थ्यकर्मी र्‍याडिसनमा


काठमाडौं । ढल मन्त्रालय (स्वास्थ्य तथा जनसंख्या) का अधिकारीहरु दातृ निकायले दिएको भतेर खान मन्त्रालयको ढल व्यवस्थापन नै छाडेर हिँडेका छन् ।

रामशाहपथस्थित ढल मन्त्रालयले अहिले मन्त्रालय परिसरमा जमेको ढलको व्यवास्थापन गर्न नसकेर महामारी फैलने जोखिम बढेको छ ।

ढल मन्त्रालय (स्वास्थ्य तथा जनसंख्या) पुरै ढलले घेरिएको छ । दिसा घोलिएर कालो लेदो मन्त्रालय वरिपरि छ । मानिसहरुको आवतजावत मात्र हैन छेउछाउमा हिँड्न सक्ने अवस्था छैन ।

मन्त्रालयले अन्तर सम्बन्धित मन्त्रालय र विभागहरुसाग समन्वय गरेको छ । विभिन्न इन्जिनियरहरु ल्याएर देखाएको छ । तर, समस्या समाधान भएको छैन । विगतमा ढल कटाउँदै आएको क्षेत्रमा हाल सरकारी वकील कार्यालयका लागि भवन बन्दैछ । त्यहाँ जाने निकास रोकिएर स्वास्थ्य मन्त्रालयमा फर्किएको छ ।

यता राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बीमा संस्थान, स्वास्थ्य अनुसन्धान परिषद्को ढल सबै स्वास्थ्य मन्त्रालयमा आउँने गरेको छ । अधिकारीहरु भन्छन् निकास हुने ठाउँ नभएकाले मर्मतमा समस्या आएको छ ।

मन्त्रालय वरिपरिको दुर्गन्धले महामारी फैलन सक्ने सम्भावना धेरै देखिएको छ । तर, त्यही महामारी रोक्न करोडौं खर्च गर्ने मन्त्रालय, विभाग र मुख्यगरी एक दातृ निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का कर्मचारी होटलको भतेरमा दिनकै लाखौं खर्च गरिरहेका छन् । अलिकति पनि लाज हुने भए कार्यालयको दयनिय अवस्था छाडेर भातै खानका लागि कुनै पनि इमान्दार राष्ट्र सेवक पाँच तारे होटल जाँदैन । ढल मन्त्रालयमा बसेर ढुङढङ्ति गन्हाएका स्वास्थ्यका अधिकारीहरू ढल व्यवस्थापन गर्ने जिम्मेवारीमा भन्दा डब्ल्यूएचओको भतेरमा र्‍याल चुहाएर कुद्न थालेका छन् ।

नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेटवर्क अस्पतालहरुको सम्मेलन काठमाडौंको पाँचतारे होटल र्‍याडिसनमा चलेको थियो । यो कार्यक्रम ढल अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नै  हो । मन्त्रालयको आफ्नै सभाहल छ । त्यहाँ नअटे स्वास्थ्य सेवा विभागको तालिक केन्द्र रहेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृह समेत खाली छ । यतिका लागि ढल अर्थात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दातृ निकाय गुहारेको थियो । किनकि ढल मन्त्रालयका अधिकारीहरू हरेक कार्यक्रमको बाहनामा डब्ल्यूएचओको भतेर खाएर देशको इज्जत लिलामी गर्न बानी परिसकेका छन् । भतेरकै लागि ढल मन्त्रालयको चाबी डब्ल्यूएचओका कर्मचारीलाई सुम्पिएका छन् । ढल मन्त्रालयको हरेक कोठा/ काेठामा गएर हेर्दा यो दृश्य देखिन्छ ।

ढल मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारी यो कार्यक्रम मन्त्रालयको आफ्नै भएको बताउँछन् । पाँच तारे होटलमा भतेर व्यवस्थापनलगायतका खर्च गर्न डब्ल्यूएचओ गुहारेको ढल मन्त्रालयका कर्मचारी बताउँछन् । अधिकारीहरु भन्छन्, ‘संसारमा डब्ल्यूएचओ कामै नलाग्ने कहीं-कतै भए नेपाल मात्रै हो । अयोग्यको भर्ति केन्द्र बनेको नेपालको डब्ल्यूएचओ मन्त्रालयका कर्मचारी प्रभावमा पार्न यस्ता कार्यक्रममा खर्च गर्न निकै रुचाउने गर्छ।’,  नेपालको जनस्वास्थ्यका क्षेत्रमा क्षमता प्रदर्शन गरेर भन्दा चाकडी र परेड खेलाएर डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवले ढल मन्त्रालयका अधिकारीलाई आफूअनुकूल घुमाउने गरेका छन् ।

मन्त्रालयका एक जना उच्च अधिकारीले भने सरकारी कार्यक्रम डब्ल्यूएचओ गुहारेर पाँचतारे होटलमा राख्नुनै गम्भिर गल्ती हो । ती कर्मचारीले आफू भने भतेरमा नगएको स्वास्थ्य लाइभलाई स्पष्ट पारेका छन् । ढल अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका धेरै कर्मचारीले लगानीकर्ता खोजेर पाँचतारे होटलमा कार्यक्रम राख्न नहुने सुझाव दिएका थिए । तर, जुन कर्मचारीको घरमा भात पाक्दैन उनीहरुका लागि यस्तो कार्यक्रम निकै प्रिय हुने गरेको मन्त्रालयकै अधिकारीहरु बताउँछन् । टेक्निकल सपोर्ट गर्ने डब्ल्यूएचओकै पाँचतारे होटलमा भतेर लगाउने काम टिओआर भित्र पर्दैन । तर, लाजै नभएपछि उनीहर यस्ता कुकार्य गर्न उद्धत छन् ।

ढल मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी होटलमा कार्यक्रम गर्नु गल्ति भएपनि छोटो समय भएकाले यस्तो निर्णय लिन बाध्य भएको बताउँछन् । धेरै कर्मचारी भएकाले होटल बाहिरका हलमा अट्न समस्या हुने उनको तर्क छ । तर, नेपाली कांग्रेस र नेकपा एमाले जस्ता हजारौं प्रतिनिधि भएको पाटीको महाधिवेशन समेत राष्ट्रिय प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा सञ्चालन भएको थियो । स्वास्थ्यका ५० जना कर्मचारी कसरी नअटेर र्‍याडिसन होटलमा जानुपर्ने बाध्यता आयो त्यसको जवाफ समयमा जनताले माग्नेछन् ।

अलिकति पनि लाज भएको भए यसरी सरकारी कार्यक्रम डब्ल्यूएचओलाई खर्च गर्न लगाएर कुनै पनि वौद्धिक व्यक्ति सहभागी हुदैनन् । भतेरमा सहभागी भएका अधिकारीहरुले बताए अनुसार यस्तो कार्यक्रमबाट कुनै उपलब्धि हासिल भएको छैन । यो नेता, मन्त्री र उच्च अधिकारीलाई खुसी पार्ने एउटा भतेरको आयोजनाभन्दा माथि उठ्न सकेको छैन । ‘दुषित ढल कटेर कसरी होटलको भतेर खान सकेका हुन् हामी छक्कै परेका छौं ।’, स्वास्थ्य मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

डब्ल्यूएचओको भतेर र झोलमा ढल मन्त्रालयका कर्मचारी मख्ख छन् ।  हेर्दा चट्ट राम्रो भएपनि कामै नआउने लाखाैंका झाेला, महंगा आईडी कार्ड बनाएर कर्मचारी खुसी पारेकाे छ ।अब कति दिन अरुकाे बलमा नांगो नाच देखाउने आफ्नाे बजेट ४५ प्रतिशत मात्र खर्च गरेर पाँचतारे हाेट चाहर्नुु जतिकाे दुुःखद पक्ष अरु हाेईन हुन पनि सक्दैन । ढल मन्त्रालयका अधिकारीले बुुझ्न जरुरी छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : ##ढल मन्त्रालय (स्वास्थ्य तथा जनसंख्या), ##दातृ निकाय, #कृषि विकास बैंक, #डब्ल्यूएचओ, #बीमा संस्थान, #महामारी, #राष्ट्रिय वाणिज्य बैंक, #स्वास्थ्य अनुसन्धान परिषद

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com