कर्मचारीको सम्पत्ति छानबिन गर्ने बालेन-हर्कको एउटै लाइन


काठमाडौं । सम्पूर्ण कर्मचारीको सम्पत्ति छानबिन गर्ने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ एउटै लाइनमा पुगेका छन् । बालेनपछि हर्क पनि सम्पूर्ण कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेनले विभागीय प्रमुखसहित सम्पूर्ण कर्मचारीको सम्पत्ति छानबिन गर्ने घोषणा गरेका थिए । उनले स्वास्थ्य विभागका प्रमुखसहित सम्पूर्ण कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेका थिए । त्योभन्दा एक कदम अगाडि बढेर धरानका प्रमुख हर्कले कर्मचारीको मात्र नभएर सम्पूर्ण जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुखसहित धेरै कर्मचारीले काठमाडौंमा आलिसान महल खडा गरेको आरोप लागेको छ । काठमाडौं महानगरका कर्मचारीले घट्टेकुलो, मैतिदेवी, अनामनगरजस्ता ठाउँमा घर र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा घडेरी जोडेको आरोप लाग्दै आएको छ । त्यसलाई मध्यनजर गर्दै बालेनले सम्पत्ति छानबिन गर्ने उद्‌घोष गरेका हुन् । त्यसलाई बल पुग्ने गरी धरानका प्रमुख हर्कले  सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सम्पत्ति छानबिन घोषणा गरेका छन् ।

‘अब सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सम्पति छानबिन गर्नेछु ! स्रोत बिनाको सम्पत्ति जोड्नेहरुको खैरात छैन !’, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले लेखेका छन् ।

हर्कले कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने घोषणा गरेसँगै समाजिक सञ्जालमा तरंग आएका छ । यसले भ्रष्ट र अकुत सम्पत्ति जोड्ने कर्मचारी र जनप्रतिनिधिहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको चर्चा छ ।

स्थानीय सरकारका प्रमुखले कर्मचारी र जनप्रतिनिधिको कर्मचारीको विवरण संकल गरेर थप अनुसन्धान र मुद्दा चलाउन अख्तियारमा पढाउने ठाउँ देखिन्छ । सुशासन कायम गर्ने जिम्मेवारी अन्तर्गत यो कदम चाल्न सक्ने विज्ञहरू बताउँछन् ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com