स्वास्थ्य लाइभ फलोअप

रक्सी खाएको रेष्टुरेन्टको बिलसमेत पर्यटन बोर्डबाटै तिराउँछन् सिईओ रेग्मी


स्वास्थ्य लाइभसँग पर्यटन बोर्डका एक कर्मचारीको बयान :

काठमाडौं । सेप्टेम्बर ८, २०२० दिनको तीन बजे पर्यटन बोर्डले सिईओ धनन्जय रेग्मीको संयोजकत्वमा बुद्धिस्ट टुरिजम प्रमोसन कमिटीको जुम बैठक राख्यो । उक्त बैठकमा डा. सन्दुक रूइत, प्राडा रमेश ढुङ्गेल, अम्बिका श्रेष्ठ, कर्ण शाक्यलगायतकाले भाग लिएका थिए । उक्त बैठकलाई सम्बोधन गरेलगत्तै रेग्मी बैठकबाट बाहिरिए । बैठक भने सञ्चालन भईरहेकै थियो ।

बुद्धिस्ट टुरिजम प्रमोसन कमिटीको जुम बैठक

रेग्मी बैठकबाट बाहिरिएको करिब आाधा घन्टापछि जुम स्क्रिनमा रेग्मी फेरि देखा परे तर फरक तरिकामा । उक्त स्क्रिनमा रेग्मी अन्य व्यक्तिसँग गफ गर्दै हुक्का तानिरहेको देखियो । यसरी बैठक सञ्चालन भइरहकै समयमा संयोजक आँफै यस्तो आपत्तिजनक अवस्थामा देखिएपछि बोर्डका कर्मचारीले उनलाई फोन गरेर स्क्रिन अफ गर्न भनेका थिए ।

मदिरा र हुक्का सेवनमा निकै दिलचस्पी राख्ने रेग्मी दैनिक जसो साँझमा मदिरा हुक्का तान्छन् । राजधानीको लैनचौर स्थित मेला रेष्टुरेन्ट, कमलपोखरीको ट्रेडिसनल कम्फर्ट तथा बालुवाटारको सोउल जिब कोरियन रेष्टुरेन्टमा अक्सर मदिरा सेवनका लागि जाने रेग्मीले यसबापतको बिल बोर्डबाट तिराउँदै आएका छन् । यो कोरियन रेष्टुरेन्ट बोर्ड सदस्य ङावा ङिमा शेर्पाको हो ।

हालका दिनसम्म रेग्मले करिब दश लाख जतिको यस्ता बिलहरू बोर्डबाट तिराएका छन् । सिईओ रेग्मीले रक्सी खाएको बिललाई खानामा परिणत गरी बोर्डबाटै तिराउने गरेका हुन् ।

थप समाचार :

चिकित्सकले मापसे गरेको रिपोर्ट दिएका पर्यटन बोर्डका सिईओ रेग्मीले थप्पड हाने

पर्यटन बोर्डका सिईओ रेग्मीको दादागिरी: प्रधानमन्त्रीको मानसिक स्वास्थ्य जाँचदेखि नासुलाई थप्पडसम्म

पर्यटन बोर्डका ‘डन’ सिईओ रेग्मीलाई बर्खास्त गर्ने तयारी

 

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com