चुनावमा भोट माग्न काउन्सिलले नम्बर बाँडेको हैन, चिकित्सकसँगै ई-सेवामाथि पनि छानबिन हुन्छ


मेडिकल काउन्सिलबाट चिकित्सकको विवरण बाहिर गएको भन्ने विषयमा अनुसन्धान सुरु भएको छ । आइतबार बस्ने आकस्मिक बोर्ड बैठकले के-के डाटा बाहिरिएका छन् भन्नेबारे हेर्ने छौं । नम्बर मात्रै चोरी भएको हो, वा अन्य विषय पनि चोरी भएको छ पहिला यसको टुंगो लगाउनु पर्ने छ । चोरी भएको भए त्यो ठूलो अपराध हो ।

डाटा चोरीको आरोप लागेका डा. तोशिमा कार्की र डा कालुसिंह खत्रीको उमेदवारी खारेज गर्ने विषयमा पनि निर्णय लिने छ । यदी चोरी गरेको पुष्टि हुने आधार भेटिएको खण्डमा सार्वजनीक रुपमाबाहिर ल्याउने छौँ ।

नेपाल मेडिकल काउन्सिलले डाटा प्रयोग गर्न ई-सेवालाई आउट सोर्सिङ गरेको छ । यो नम्बहरु आरोप लागेका व्यक्तिले दुरुपयोग गरे वा आउट सोर्सिङ गरेको संस्थाले ग¥यो गम्भीरर अनुसन्धान हुने छ । व्यक्तिगत नम्बर वा संस्थागत नम्बर केबाट गएको हो त्यो पनि हेरिने छ ।

नेपाल मेडिकल काउन्सिलको नामबाट चिकित्सकको दर्ता नम्बर र उनीहरुको नामबाहेक अन्य डाटा दिन पाइँदैन । संस्थाको नामबाट कुनै पनि व्यक्तिको विवरण सार्वजनिक भएको रहेछ भने त्यो गैरकानुनी हो । कानुनअनुसार कारबाही हुन्छ, पहिला प्रारम्भिक अनुसन्धान हुनुपर्छ ।

पदमा रहँदा र नरहँदा दुवै अवस्थामा गोपनीयता हुनुपर्छ । पदबाट छोडेर जाँदैमा डाटाको दुरुपयोग कसैले पनि गर्न मिल्दैन । अन्तर्राष्ट्रिय नियम अनुसार व्यक्ति-व्यक्तिबीचमा मात्रै डाटा सेयरिङ् गर्न पाइन्छ । संस्थाले सामूहिक रुपमा सबै व्यक्तिको नम्बर सार्वजनिक गर्न मिल्दैन । सार्वजनिक गर्नु परेको खण्डमा उनीहरुको अनुमति अनिवार्य पर्छ । मसँग ५ हजार नम्बर छन् त्यो अरुलाई बाँड्न दिएको हैन । अहिले नेपाल मेडिकल काउन्सिलले ३७८८८ नम्बर प्रयोग गरेको छैन भन्ने आएको छ । तर, केही समय अगाडि त्यही नम्बर प्रयोग भएको थियो ।

काउन्सिलले आवश्यक समयमा मात्रै प्रयोग गर्न नम्बर दिएको हो । तर, चुनावमा भोट हाल्न काउन्सिलको नम्बर बाँड भनेको हैन । नम्बर दुरुपयोगले हाम्रा अन्य सम्भावनालाई पनि चुनौतीका रुपमा औँल्याएको छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com