नागरिक अस्पतालको ल्याबमा सिआईबीले छापा हान्यो


काठमाडौं । नागरिक कम्युनिटी अस्पतालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संयुक्त रुपमा छापा हानेको छ ।

सिआईबी स्रोतकाअनुसार  संयुक्त टोली आज दिँउसो अस्पतालको ल्याबमा छापा हानेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । रिपोर्ट लगबुकलगायतका अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छापा हान्न गएका टोलीका एक अधिकारीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

स्वास्थ्य लाइभले शनिबार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झालाई प्रश्न गदै ‘विमानस्थलका ल्याब जस्तै गलत रिपोर्ट दिने नागरिकमाथि पनि कारबाही हुन्छ ?’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे । धनुषाका शिवकुमार मण्डल वैदेशिक रोजगारीका लागि जाने तयारी स्वरुप आरटी-पीसीआर परीक्षण गराउँन भक्तपुरको नागरिक कम्युनिटी अस्पताल जाँदा गलत तरिकाले फरक/फरक रिपोर्ट बनाएको विषयमा स्वास्थ्य लाइभले प्रश्न उठाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कका कर्मचारीले समेत अस्पतालले रकम लिँदै पोजेटिभलाई नेगेटिभ बनाउँने धन्दा चलाएको आशंका गरेका थिए । अस्पतालबाट दुईथरी रिपोर्ट ल्याएपछि त्यो कुराको पुष्टि हुने आधार समेत देखिन्छ । यो विषयलाई लिएर आज सिआईबी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नागरिक अस्पताल र कान्तिपुर अस्पतालको पीसीआर ल्याबमाथि संयुक्त अपरेशन चलाएको हो ।

प्रयोगशाला र सिआईबीको टोलीले दुबै ल्याबबाट शंकास्पद कागजात नियन्त्रणमा लिइसकेकाले यो विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । ल्याबले गलत गरिरहेको केही तथ्य समेत फेला परेको ल्याबको छापा हान्ने कार्यमा संलग्न एक अधिकारीको भनाइ छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, ## नागरिक कम्युनिटी अस्पताल भक्तपुर, ## पीसीआर रिपोर्ट पोजेटिभ- नेगेटिभ, ## राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, #सिआईबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com