स्वास्थ्य लाइभ निगरानी

पीसीआरमा डिजी मेडिकल र ‘टीडीओ’ नेपालको ठगी धन्दा

१५ सय बढी लिन नपाउनेमा अनलाईनमै १८ सय फोनमा कुरा गर्दा २ हजार माग्दै टीडीओ नेपाल


काठमाडौं । स्वास्थ्य लाइभले कोभिड-१९ परीक्षण गर्ने उद्देश्यले खुलेका विभिन्न ल्याबहरूको ठगी धन्दाको विषयमा खोजी कार्य जारी राखेको छ ।

नागरिक र कान्तिपुर हस्पिटलमा सञ्चालित ल्याबले कोरोनाको नक्कली रिपोर्ट बनाएर विदेश पठाउने गरेका धन्दा पर्दाफास गरेपछि स्वास्थ्य लाइभले अन्य ल्याबको ठगी धन्दाको विषयमा पनि खोजी कार्यलाई निरन्तरता दिएको छ ।

अहिले कोरोनाको पीसीआर परीक्षणका नाममा फेसुबके ल्याबको बिगबिगी र ठगी धन्दा चलाइरहेको तथ्य फेला परेको छ । पीसीआर परीक्षणका नाममा फेसबकभरि विभिन्न ल्याबले अनलाइन ठगी धन्दा चलाइरहेको तथ्य फेला परेकाे छ । जसको उदाहरण ‘टीडीओ’ नेपाल र डिजी मेडिकल हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना परीक्षण शुल्क तोक्दै निजी ल्याबले अधिकतम १५ सय र सरकारी ल्याबले ८ मात्र लिन पाउने निर्णय गरेको छ । तर टीडिओ नेपालले वेबसाइटमै १७ सय ९९  लाग्ने उल्लेख गरेको छ ।

टिडिओ नेपाल ल्याबका प्रतिनिधि रत्न महतसँग  स्वास्थ्य लाइभले कुरा गर्दा होम कलेक्सन जार्च लगायत जोड्दा दुई हजार बढी लाग्ने बताए । विदेश पठाउनेको संख्या धेरै भए त्यसमा केही मिलाउन सकिने उनको भनाइ छ ।

महतकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाभित्रै सञ्चालनमा रहेको डिटिओ नेपाल ए ग्रेडको ल्याब हो । ठगी धन्दामा पनि उक्त ल्याब ए ग्रेड कै देखिएको छ ।

शक्ति केन्द्रको आडमा विमानस्थल भित्र लामो समयसम्म अवैध धन्दा चलाउने ल्याब क्रिष्टल डायग्नोष्टिकका लागि काम गर्ने फेसबुके डिजी मेडिकलले पनि अनलाइनमै १८ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क राखेका छ । वैदेशिक रोजगारमा पठाउँदा ठगी धन्दा चलाएर प्रहरीको फरार सूचीमा रहेका कैलाश खड्काले चलाएको क्रिष्टलले डिजी मेडिकलमार्फत पीसीआरमा अनलाइन ठगी जारी राखेको छ ।

क्रिष्टलको पीसीआर ठगी धन्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्ददेखि नेपाल बायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलसम्मको संरक्षण रहेको देखिन्छ ।

पीसीआरको नाममा वैदेशिक रोजगारीमा जानेमाथि ठगी धन्दा चलाउने डिजी र टिडिओ ल्याब केही उदाहरण मात्र हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जस्ता नियमनकारी निकायको कमजोर हुँदाको फाइदा उठाउँदै यस्ता ल्याबहरुले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकमाथि ठगी धन्दा चलाएका मात्रै छैन सामाजिक अपराध समेत गरेका छन् । तर राज्य उनीहरूको ठगी धन्दाप्रति आँखा चिम्लेर बसेको छ । कतै स्वास्थ्य क्षेत्रका उच्च अधिकारीहरुकाे सेटिङमा चलेकाले कारबाही हुन नसकेकाे हाेकी भनेर पनि हामीले खाेजी सुरु गरेका छाैं ।

क्याटेगोरी : सुशासन
ट्याग : ## पीसीआर टेष्ट, #क्रिष्टल, #टिडिओ नेपाल, #ठगी धन्दा, #डिजी मेडिकल, #फेसबुके त्याब

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com