स्वास्थ्य लाइभ फलोअप

बियरमा अखाद्य वस्तु हालेर बेच्ने गोरखा ब्रुअरी, जसका कारण दुई न्यायाधीशको जागिर गुमेको थियो


काठमाडौं ।  गोर्खा  स्ट्रङ अखाद्य वस्तु हालेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गोरखा ब्रुअरीका कारण विगतमा पनि उच्च अदालतका दुई न्यायाधीशले जागिर गुमाउनु परेको थियो । ‘गोर्खा स्ट्रङ’ बियरमा प्लास्टिकलगायत अखाद्य वस्तु हालेर जनस्वास्थ्यमाथि खेलबाड गरेको गोरखा ब्रुअरीले राज्यलाई कर समेत छलेको पाइएको हो ।

गोरखा ब्रुअरीको कर छलीको मुद्दामा उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि आचार्य र नरबहादुर शाहीले बर्खास्त भएका थिए । गोरखा ब्रुअरीलाई आयकर र मूल्य अभिवृद्धि कर छलीमा उन्मुक्ति दिने न्यायाधीशद्वय शाही र अधिकारी न्यायपरिषद्को कारबाहीमा परेका हुन् । कर छलेर राज्य ठग्ने गोरखा ब्रुअरीले बियरमा अखाद्य वस्तु हालेर जनताको स्वास्थ्यमाथि समेत ठग्ने र खेलबाड गर्ने  काम गरिरहेको पाइएको छ ।

बियर जस्तो अत्याधिक खपत हुने पिय पदार्थमा जनस्वास्थ्यमाथि नै गम्भीर असर पर्ने अखाद्य वस्तु प्रयोग गरेर गोरखा ब्रुअरीले अक्षम्य अपराध गरेको देखिन्छ । उक्त कम्पनीले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने काम गरिरहँदा राज्यका नियमक निकाय मुकदर्शक बनेर बसेका छन् ।

क्याटेगोरी : सुशासन
ट्याग : #‘गोरखा स्ट्रङ’ बियर, #अखाद्य वस्तु, #गोरखा ब्रुअरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com