स्वास्थ्य मन्त्रालयको गाडीमा अनधिकृत रजाइँ गर्ने उपसचिवलाई आचार्यको ‘सवक’ !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाडीमा उपसचिवहरुले अनधिकृत रजाइँ गरिरहेका छन् । कानुन अनुसार सहसचिवमाथिका अधिकारीले मात्र गाडी चढ्न पाउनेमा स्वास्थ्यका सबै उपसचिवले गाडी चढ्ने गर्छन् ।

इन्धन र चालकसहित स्वास्थ्य मन्त्रालयका अधिकांश उपसचिवले सरकारी गाडीमा रजाइँ गरिरहेका छन् ।   स्वास्थ्य मन्त्रालयका उपसचिवहरूले सरकारी गाडीमा अनधिकृत रजाइँ गरिरहेको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका ती उपसचिवलाई सवक सिकाउँदै एक उपसचिवले साईकल चढ्ने गरेका छन् ।

प्रदेश १ को सडक विकास पूर्वाधार तथा शहरी विकास मन्त्रालयका उपसचिव मिलन आर्चाय सरकारी गाडीमा अनधिकृत रजाइँ नगरी कानुनले पाउने सुविधा ईलेक्ट्रिल साईकलमा आवतजावत गर्ने गरेका छन् ।

मन्त्रालयको शहरी विकास तथा भवन महाशाखाका प्रमुख अर्चायले इन्धन जोगाउन ईलेक्ट्रिल साईकल लिएको दाबी गरेका छन् । उपसचिव आचार्यले सस्तो लोकप्रियताका लागि यस्तो दाबी गरेको देखिन्छ । किनकी सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ अनुसार विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारी साधन, चालक र इन्धनको सुविधा पाउँछन् । उनले गैरकानुनी सुविधा नलिएर साईकल चढ्नु स्वास्थ्य मन्त्रालका उपसचिवहरुलाई चाहीँ सवक हुन सक्छ ।

उपसचिव आचार्यले जस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिवले अनधिकृत गाडीमा रजाइँ गर्न छाडे भने जन आक्रोश कम हुन्छ । नत्र सरकारी गाडीमा अनधिकृत रजाइँ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिवमाथि जन आक्रोश बढ्ने देखिन्छ । सरकारी गाडीमा अनधिकृत रजाइँ गर्ने स्वास्थ्य मन्त्रालयका उपसचिवहरूले आचार्यबाट सवक सिक्न आवश्यक छ ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com