स्वास्थ्य लाइभ फलोअप

एयरपोर्ट काण्ड फेरि मच्चाए पर्यटन बोर्डका सिईओ रेग्मीले


काठमाडौंबर्खास्त हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने नेपाल पर्यटन बोर्डका सिईओ धनन्ज्य रेग्मी फेरि उदण्ड बनेका छन् ।

पर्यटन बोर्डको आज बसेको बैठकमा रेग्मीले बोडेका अध्यक्ष एवं  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेलगायतलाई अभद्र व्यवहार गरेका छन् ।

रक्सीले मातेर कोटाभन्दा बढी रक्सी छिराउन खोज्दा रोकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई अभद्र व्यवहार गरेका सिईओ रेग्मीले आज फेरि बोर्ड बैठकमा अभद्र व्यवहार गरेको खुल्न आएको छ । पदीय मर्यादा र आचरणविपरीत गतिविधि सञ्चालन गर्दै आएका उनले आफूलाई बर्खास्त गर्न खोजिएको भन्दै अभद्र तरिकाले बोर्ड बैठकमा प्रस्तुत भएको बोर्डका एक सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

छानबिन समितिका संयोजक बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र छानबिन समिति गठन गर्ने पर्यटन बोर्डका अध्यक्ष एवं पर्यटन सचिव न्यौपानेमाथि सिईओ रेग्मीले अभद्र व्यवहार गरेको ती सदस्यको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाएर स्तर देखाएका रेग्मीले फेरि बोर्ड बैठकमा अपशब्द बोलेर आफ्नो असलियत प्रस्तुत गरेको पाइएको छ । यसैबीच आज बसेको पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले सिईओ रेग्मीलाई एक हप्ताभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । उनलाई छानबिन समितिको सिफारिस बमोजिम बर्खास्त गर्न एक हप्ते स्पष्टीकरण सोध्ने काम गरिएको सञ्चालक समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

सिईओ रेग्मीले स्पष्टीकरण पेश गरेपछि छानबिन समितिको सिफारिसअनुसार बर्खास्त गर्ने तयारी भइरहेको छ । पर्यटनमन्त्री प्रेम आलेले बर्खास्त गर्नका लागि सबै प्रक्रिया पूरा गर्न निर्देशन दिएको बुझिएको छ ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com