मेडिकल शिक्षामा ऐतिहासिक फड्को

पुरानो मेडिकल कलेज, आइआइटीएच र आइआइआइटिएचबीच हेल्थ केयर टेक्नोलोजी अध्यापन गर्ने सहमति


काठमाडौं । भारतका दुई विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबाद, इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी हैदराबाद र नेपालका काठमाडौं विश्वविद्यालय र कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवन बिच संयुक्त स्नातकोत्तर शैक्षिक कार्यक्रम संचालन गर्ने सहमति भएको छ । यसलाई सरकार र सम्बन्धित  अधिकारीहरुले ऐतिहासिक फड्कोका रुपमा लिएका छन् ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा भोला थापाका अनुसार महामारी पछि मेडिकल टेक्नोलोजी त्यसमा पनि हेल्थ केयर टेक्नोलोजीमा धेरै परिवर्तन आएका छन् । मानिसहरुको स्वास्थ्यका लागि मेडिकल डाक्टरहरुले जति योगदान दिएका छन्, अब प्रविधिले पनि त्यतिकै मात्रामा सघाउनु पर्ने छ ।

विगतमा मेडिकल शिक्षा भनेर शिक्षण सिकाइ बुझिन्थ्यो र त्यसैमा रमाएका थियौं । अब अनुसन्धान र विकासमा पनि सुरुवात गर्नुपर्ने बेला आयो भनेर कलेज अफ मेडिकल साइन्सेस चितवन मार्फत मेडिकल टेक्नोलोजी र हेल्थ केयर टेक्नोलोजीमासँगै अगाडी बढ्न तयार भएका हौं ।

मेडिकल र स्वास्थ्य  सम्बन्धि अनुसन्धान

उपकुलपति थापाले बताए अनुसार काठमाडौं विश्वविद्यालयमा स्कुल अफ इन्जिजियरिङ्गमा मेडिकल र स्वास्थ्यसँग सम्बन्धि अनुसन्धानहरु भइरहेका छन् । अहिले स्कुल अफ इन्जिजियरिङ्गमा सानो ल्याब छ । यसलाई हामीले अस्पताल केन्द्रित होस् भनेका छौं उनले भने । अब यो काम देश बाहिर पनि अस्पताल केन्द्रित हुनुपर्छ भनेर कलेज अफ मेडिकल साइन्सेससँग सम्झौता भएको हो ।

सम्झौता अनुसार नेपालको पहिलो कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा हेल्थ केयर टेक्नोलोजीको अध्यापनसँगै हेल्थ केयर टेक्नोलोजी इनोभेसन सेन्टर (एचटिआइसी)को स्थापना गरिने भएको छ ।

अधिकारीहरुका अनुसार एचआइटिसीले स्नातकोत्तर र पिएचडीको भूमिका खेल्ने छ । हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रम कलेज अफ मेडिकल साइन्सेज र हैदराबादमा संचालन हुने छ । कलेज अफ मेडिकल साइन्सेजका निर्देशक डा भी नटराज प्रसादले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ शैक्षिक कार्यक्रमको सुरुवात भएको बताए ।

पछिल्लो सयम स्वास्थ्य क्षेत्रमा प्रविधिको धेरै विकास र विस्तार भइरहेको छ । यसका साथै उपचारका क्षेत्रमा आइरहेका नयाँ नयाँ प्रविधिका विषयमा अध्ययन र अनुसन्धान जरुरी थियो जुन अब नेपालमै हुने भएको छ त्यो हाम्रा लागी ऐतिहासिक पल हो,’ भी नटराजले भने, ‘केयुसँग विश्वका प्रतिष्ठत शैक्षिक संस्थाहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी– हैदराबाद र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी हैदराबाद बिच भएको यो सम्झौता ऐतिहासिक छ ।

स्कुल अफ इन्जिनियरिङ्का कर्मचारी स्कुल अफ डिनको नेतृत्वमा भारतको मद्रास गएर काठमाडौंं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास कै लोगो भएको संयुक्त कार्यक्रम यसै शैक्षिक सत्रबाट सुरुवात गर्ने निर्णय भएको छ । यसका लागि पाठ्यक्रम
५० प्रतिशत काठमाडौं विश्वविद्यालयका फ्याकल्टी र ५० प्रतिशत मद्रासका फ्याकल्टीहरुले पढाउने छन् । काठमाडौं विश्वविद्यालयका लागि यो ठुलो गर्वको विषय हो । आइआइटीएच जस्ता संस्थाको डिग्रीले पश्चिमा देशहरुमा पनि निकै महत्व राखेको छ ।

चुनौतीलाई हामीले अवसरका रुपमा लिने

काठमाडौं विश्वविद्यालय अब आइआइटीएचसँग काँधमाकाँध मिलाएर अगाडी बढ्ने छ । यो मौका र चुनौतीलाई हामीले अवसरका रुपमा लिनुपर्छ उपकुलपति डा थापाले भने । अब नेपालको शिक्षालाई पनि सुधार गरेर लैजानुपर्ने चुर्नौती देखिएको छ । कुनै कुनै यस्ता विद्या र विषय छन् जुन विद्या र विषयमा आइआइटी जस्ता अन्तराष्ट्रिय सस्थाले पनि नेपालका शैक्षिक सस्थाहरुसँग सहकार्य गर्ने दिन आयो । आइआइटीएच हैदराबाद र ट्रिपलआइटी हैदराबादसँग काठमाडमौंं विश्वविश्वविद्यालयको छुट्टै सम्झौता भएको छ । यसमा फ्याकल्टी र विद्यार्थी साटफेर यावत कुराहरु हुनेछन् ।

शिक्षाको क्षेत्रमा नयाँ युगको सुरुवात

देबेन्द्र पौडेल  शिक्षामन्त्री

शिक्षा क्षेत्रमा दुई देश बिच नयाँ युगको सुरुवात भएको छ । शिक्षा कुनै ठाउँ र देशमा सिमित भएर बस्ने कुरा हैन । मानवजातिको निम्ति एक ठाउँबाट अर्को ठाउँमा मानवजातिलाई प्रशिक्षीत गर्दै अगाडी बढ्ने प्रक्रिया हो ।

एउटा विश्वविद्यालयले विकास गरेको कुरा अर्को विश्वविद्यालयमा आजको युगमा पुर्याउन सकिएन भने शिक्षाले मुर्त रुप पाउँदैन । आइआइटीएच र आइआइआइटीएच र काठमाडौं विश्वविद्यालय बिच सहमती भएको छ । यो नयाँ अध्यायको सरुवात हो ।

दुई देशका विश्वविद्यालयलाई जोडेर आजको २१ औँ शताब्दीको शिक्षा प्रणालीलाई अगाडी बढाउन सँगै हिड्न जरुरी छ । त्यसका लागि निरन्तर सहकार्य गरेर अगाडी बढ्ने छौं । काठमाडौं विश्व विद्यालयको टिम मद्रास हैदरावाद गएर अध्ययन गरी सम्झौता भएको हो ।  यो सम्झौताले दुई देश बिचको शिक्षा प्रणालीलाई एक आपसबाट सिक्ने र प्राप्त ज्ञानहरुलाई अगाडी बढाउने छौं । यसले दुवै देशलाई फाइदा पुग्ने छन् ।

आइटी क्षेत्रमा नेपाल पछि पर्यो

जनार्दन शर्मा, अर्थ मन्त्री
आइटी क्षेत्रमा हामी धेरै ढिला भएका छौं । भारत र नेपालको विश्वविद्यालय बिच जुन सहमति भएको छ यसले प्राविधिक शिक्षाका क्षेत्रमा दौडिएर अगाडी पुग्न मद्धत गर्ने छ । इन्फरमेसन टेक्नोलोजी शिक्षा मात्रै हैन आफैमा उद्योग पनि हो । यो सहमतिले भारतमा विकसित भएको नयाँ टेक्नोलोजी, सिप, ज्ञान, प्रविधि नेपालमा पनि भित्राउने बानीको बिकास गर्ने छौं ।

क्याटेगोरी : समाचार
ट्याग : ##कलेज अफ मेडिकल साइन्सेज्, ##नटराज, ##मेडिकल शिक्षा, #भारत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com