डा. एलिनाको नाममा बंगला किन्ने अमेरिकी पीआरधारी आईटी माफिया विकल पौडेल बर्खास्त


काठमाडौं । डा. एलिना बस्नेतको नाममा घर किन्ने सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल बर्खास्तीमा परेका छन् । उनलाई आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

विकलले २०७७ साल पुस २२ गते अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (एलपीआर) पाएका छन् । उनले अमेरिकाको न्यूयोर्कमा ७ करोड रुपैयाँ बढी हालेर बंगला खरिद गरेको तथ्य समेत फेला परेको हो । उक्त बंगला श्रीमती डा. एलिना बस्नेतको नाममा खरिद गरेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

विकल सुरक्षण मुद्रण केन्द्रमा भएको घोटाला भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् । उनी अहिले अकुत सम्पत्ति आर्जनको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका हुन् । विकललाई तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनाएको हो । उनी ओम्नीको कर्मचारी रहेको तथ्य समेत स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

अमेरिकी पीआरधारीलाई संविधानविपरीत महत्त्वपूर्ण सार्वजनिक संस्थामा कार्यकारी हैसियतमा नियुक्ति गरेको पाइन्छ । विकलले नेपालमा भ्रष्टाचार गर्ने र अमेरिका, दुबई, सिंगापुर, मलेसियालगायतका देशमा पैसा लुकाउने गरेको आरोप लाग्दै आएको छ । उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ । यसैबीच विकललाई आज बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको हो । अमेरिकी पीआरधारीलाई महत्त्वपूर्ण पद सुम्पिने राज्यको निकायमा जिम्मेवार व्यक्तिहरुमाथि पनि आवश्यक कारबाही हुन जरूरी देखिन्छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #अमेरिकी पीआरधारी, #विकल पौडेल, #विकलकी श्रीमती डा. एलिना बस्नेत, #सुरक्षण मुद्रण केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com